You are viewing the translated version of नेपाल सरकारबाट कार्य सम्पादन भएको मानिने:.
Section 3A
नेपाल सरकारबाट कार्य सम्पादन भएको मानिने:
(१) प्रचलित कानूनमा नेपाल सरकारबाट
सम्पादन हुने भनिएका विषयमध्ये देहायका विषय
नेपाल सरकार, मन्त्रिपरिषद्बाट र सो बाहेकका
अन्य विषय नेपाल सरकारको कार्यसम्पादन
नियमावली वा नेपाल सरकारबाट ८ अधिकार
प्रत्यायोजन भए बमोजिम सम्बन्धित मन्त्री वा
मन्त्रीले अधिकार प्रत्यायोजन गरे बमोजिम नेपाल
सरकारको राजपत्राङ्कित बिशिष्ट श्रेणीको
अधिकृतबाट सम्पादन भएकोमा त्यस्तो कार्य
नेपाल सरकारबाट सम्पादन भएको मानिनेछ:-
(क) प्रचलित कानूनमा नेपाल सरकार, मन्त्रिपरिषद्बाट सम्पादन हुने भनी उल्लेख भएका विषय,
(ख) नेपाल सरकारको कार्यसम्पादन नियमावली बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्मा पेस गर्नु पर्ने विषय,
(ग) प्रचलित कानूनमा नेपाल सरकारमा पुनरावेदन लाग्ने भनी उल्लेख भएका विषय।
(२) उपदफा (१) बमोजिम कार्यसम्पादन गरिने कुनै विषयको सम्बन्धमा अन्य कुनै कानून बा नेपाल सरकारको कार्यसम्पादन नियमावलीले कुनै अधिकारीलाई जिम्मेवारी तोकेको रहेछ भने त्यसरी जिम्मेवारी तोकिएको हदसम्म यस दफा बमोजिम अधिकार प्रत्यायोजन गर्नु पर्ने छैन।